२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

जबरजस्ती करणी मुद्दामा फरार शिक्षक पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार शिक्षक पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका–१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो ।

चितवन साबिक गोरखा नगरपालिका–९ छेपेटारस्थित तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा कोही नभएको मौका छोपी २०६९ चैत ३ गते दिउँसो जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com