२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

इङ्ल्याण्डविरुद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला

इङ्ल्याण्डविरुद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला

जनसेवा न्युज डटकम संवाददाता

घरेलु टोली इङ्ग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृङ्खला जितेको छ ।

भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो । भारतका लागि रवीन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए । यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com