२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

उपत्यकामा एकैदिन २ हजार ४८ जना सवारी चालकमाथि कारवाही

उपत्यकामा एकैदिन २ हजार ४८ जना सवारी चालकमाथि कारवाही

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् ।

लेन उल्लंघन गर्ने ५४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com