२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

वामदेव हटाए लगत्तै युवराज सफलले गरे सचिवालयमा तीनजनालाई नियुक्ती

 

वामदेव हटाए लगत्तै युवराज सफलले गरे सचिवालयमा तीनजनालाई नियुक्ती

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर संयोजक बनेका युवराज सफलले सचिवालय बैठकमार्फत केही निर्णय गरेका छन् ।

सफलको अध्यक्षतामा शनिबार बसेको अभियानको सचिवालय बैठकले ४ वटा निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल समावेशी पार्टी र कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्धता गराउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै सफलले योसँगै अभियानमा आबद्ध दल, समूहको संख्या सात पुगेको जानकारी गराएका छन् ।

साथै अन्य समूहसँग वार्ता गर्न युवराज सफलको अध्यक्षतामा ५ सदस्य रहेको वार्ता तथा एकीकरण विभाग गठन गरिएको छ ।

त्यस्तै कम्युनिष्ट एकताको लागि विभिन्न राजनीतिक पार्टीसँग वार्ता गर्न अभियान सचिवालय सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली बनाइएको छ ।

एकता प्रकृयामा सामेल भएका राजनीतक दल तथा समूहबाट क्रमशस् डिबी थापा राष्ट्रिय पुनर्जागरण पार्टीबाट, मोतीलाल भारती नेपाल समावेशी पार्टीबाट र राधाकृष्ण पाण्डे मुक्ति कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानबाट सचिवालय सदस्यमा चयन गर्ने निर्णय पनि गरिएको छ ।

केही दिनअघि सफलले आफूसहितका केही नेतालाई जीउ ज्यानमा सुरक्षा खतरा भएकोले सुरक्षाकर्मी उपलब्ध गराइ पाउँ भनी गृहमन्त्रीसमक्ष निवेदन दिएका थिए ।

आफूहरूसँग बहुमत रहेको भन्दै केही नेताले वामदेवलाई हटाएर युवराज सफललाई संयोजक तोकेको भोलिपल्टै वामदेवले भने युवराज सफलसहित पाँचजनालाई निष्कासन गरेको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com