२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

गीत, संगीत र गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टालाई :अध्यक्ष ओलीको आग्रह

गीत, संगीत र गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टालाई :अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गरेका छन् । छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गरेका हुन् ।

उनले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएरनै अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले भने, ‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु । हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होइन । यो परम्परालाई अघि बढाउ हामी कृतसंकल्पित छौं । गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिबद्ध हुनुहुन्छ । र, उहाँहरुलाई प्रोत्साहन गर्न हामी सबै तयार छौंं । नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिबद्ध छन् ।’

अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयबद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताए ।  कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान समेत गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com