२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

श्रीलंकामा प्रदर्शनकारीले अझै छोडेनन् राष्ट्रपति निवास

 

श्रीलंकामा प्रदर्शनकारीले अझै छोडेनन् राष्ट्रपति निवास

एजेन्सी । श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा प्रवेश गरेका प्रदर्शनकारीहरू राजीनामा नआएसम्म बाहिर ननिस्कने बताएका छन्।

जबसम्म राष्ट्रपति गोटाबाया राजपक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले पदबाट राजीनामा दिँदैनन् तबसम्म आफूहरू उनीहरूको घरबाट बाहिर ननिस्कने बताएका हुन्।

‘हाम्रो सङ्घर्ष अझै सकिएको छैन। राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेले नहटेसम्म हामी यो सङ्घर्ष अन्त्य गर्दैनौँ,’ विद्यार्थी आन्दोलनकारीका नेता लाहिरू वीरसेकरले एएफपी समाचार संस्थासँग भनेका छन्।

आर्थिक संकटमा फसेको टापु मुलुक श्रीलंकामा महिनौंदेखि राष्ट्रपति र राजापाक्षे सरकारविरूद्ध आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू शनिबार कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका हुन्।

हजारौंको संख्यामा प्रदर्शनकारीहरूले आफ्नो निवास घेर्नुअघि नै राष्ट्रपति राजापाक्षे भागिसकेका थिए। उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलाइएको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीहरू आइतबार दिउँसोको खाना पनि त्यहीँ खाएका थिए।

चरम आर्थिक संकटसँग जुधिरहेका श्रीलंकालीहरूले राष्ट्रपति कार्यालयभित्र जे गरिरहेका छन् त्यसले एकातिर उनीहरू त्यहाँभित्रको सुविधाको उपभोग गरेको देखिन्छ भने अर्कातिर उनीहरूले हास्यास्पद क्रियाकलाप पनि गरेका छन्।

जसका रोचक तस्बिर तथा भिडिओहरू बाहिर आएका छन्।

प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गरेको केहीबेरमै केही तस्बिरहरू बाहिरिए। जसमा उनीहरू स्विमिङ पुलमा  पौडी खेलिरहेका देख्न सकिन्छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन भित्रको भान्सा पनि प्रवेश गरे। आफैंले खाजा पकाएर खाए। केहीले जिम पनि गरे, कतिपयले बाथरूममा गएर नुहाए पनि।

केही प्रदर्शनकारीहरू भने लम्पसार सुतेर टेलिभिजनमा समाचार हेरिरहेको भिडिओ र तस्बिर पनि सार्वजनिक भएका छन्।

एक प्रदर्शनकारीले भनेका छन्,‘राष्ट्रपतिज्यू, धन्यवाद! म तपाईंको खाटमा सुतिरहेको छु, यो निक्कै आरामदायी छ।’

त्यसैगरी राष्ट्रपति भवनमा भएका बेडमा सुत्नेदेखि रेस्लिङसमेत खेलेको पनि देखिएको छ। प्रदर्शनकारीहरूले बंकरमा प्रवेश गर्ने सिक्रेट ढोकासमेत पत्ता लगाएर भित्र प्रवेश गर्न भ्याएका छन्।

यस्तै उनीहरूले पियानो बजाएर नाचगान गरिरहेको समेत देखिन्छ।

भवनभित्र एक जना गोरा मानिसलाई लिएर इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ) सँग श्रीलंका सरकारले गरिरहेको वार्ताको नक्कल गरिएको छ।

श्रीलंकाली राष्ट्रपति राजापाक्षे आउने बुधबार राजीनामा दिने सहमत भएका छन्। उनी अहिले कहाँ छन् भन्ने खुलाइएको छैन।

न्युजवायरका अनुसार आइतबार बिहान राष्ट्रपतिको सचिवालयले एउटा विज्ञप्ति जारी गर्दै ग्यास सिलिन्डर वितरणलाई बढाउन अधिकारीहरूलाई निर्देशन दिएको छ।

यसैबीच यता, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शनिबारको विरोधपछि आफूले पद छाड्ने बताइसकेका छन्। उनले यसबारे ट्वीटसमेत गरेका छन् ।

शनिबार भएको प्रदर्शनमा प्रधानमन्त्री विक्रमासिङ्घेको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका थिए।

यसैबीच श्रीलंकामा शनिबार भएको हिंसात्मक प्रदर्शनपछि सेनाले शान्ति कायम गर्न सुरक्षा बललाई सहयोग गर्न प्रदर्शनकारीहरूलाई आग्रह गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com