२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

त्रिविका परीक्षामा लापरबाहीस् छानबिन गर्न बन्यो उच्चस्तरीय समिति

त्रिविका परीक्षामा लापरबाहीस् छानबिन गर्न बन्यो उच्चस्तरीय समिति

जनसेवा न्युज डटकम संवाददाता

त्रिभुवन विश्वविद्यालयका एकपछि अर्को परीक्षामा लापरबाही देखिएको छ।

प्रश्नपत्र गत वर्षकै हुबहु यसवर्ष पनि निकाल्ने र निजी कलेजका प्रि-बोर्डका प्रश्नपत्रसँग मिल्ने प्रश्नपत्र बनाएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।

गत असार २२ मा सञ्चालित बिबिए छैटौं सेमेस्टरको एमजिटी २०३: अर्गनाइजेशन बिहेव्यर र

असार २५ मा सञ्चालित एसओसी २०२: नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयका प्रश्नपत्र बनाउँदा गम्भीर लापरबाही गरिएको पाइएको थियो।

यी प्रश्नपत्र बनाउँदा मर्यादाविपरीत कार्य गरेको पाइएकोले व्यवस्थापन विभाग परीक्षा समितिले प्रश्नपत्र निर्माण कार्यमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याएको विभागका डिन प्रा।डा। डिल्लीराज शर्माले बताए।

साथै त्रिविका परीक्षा सञ्चालन र व्यवस्थापनबारे देखिएका समस्या र कमजोरीलाई अध्ययन गरी छानबिन गरिने भएको छ। त्यसका लागि एक उच्चस्तरीय समिति गठन गरिएको डिन शर्माले बताए।

त्रिविका परीक्षामा लापरबाही भएको भन्दै नेविसंघले पदाधिकारीहरूकै राजीनामा माग गरेको थियो।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com