२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रधानमन्त्री हुँदा ५६ हजार हस्ताक्षर गरे, औँलामा ठेला उठ्यो : ओली

प्रधानमन्त्री हुँदा ५६ हजार हस्ताक्षर गरे, औँलामा ठेला उठ्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री अवधिभर झण्डै ५६ हजार मुद्धा मामिलासम्बन्धी हस्ताक्षर गरेको बताएका छन् ।

सोमबार सम्पादकहरुसँगको अन्र्तक्रियामा उनले प्रधानमन्त्री अवधिभर ५६ हजार मुद्धा मामिलामा हस्ताक्षर गरेर औँलामा ठेला नै उठेको बताए ।

उनले भने, ‘५, ७ जना वकिल प्रधानमन्त्री कार्यायलमा वकिल राखेको छ । बिहानदेखि बेलुकीसम्म त्यहिँ काममा लाग्या छ । प्रधानमन्त्री हुँदा ५५/५६ हजार सिग्नेचर मुद्धाको मामिला गर्नुपर्यो । यहाँनिर ठेला उठेको छ । कम्प्युटरले सिग्नेचर गर्दैन, टाइप गर्छ, आफैँले गर्नुपर्यो नि । सिग्नेचरमात्रै गर्दा पनि औँलामा ठेला उठेको छ ।’

संसद विघटन गर्दाको क्षणलाई सम्झिँदै अध्यक्ष ओलीले संसद् नगई सर्वोच्च गएको विषयमा रोस प्रकट गरे । उनले भने, ‘प्रधानमन्त्रीसमेत यस्तो हालत बनाएपछि। यो देश त कस्तो हो भने कहिले राष्ट्रपतिकहाँ पुग्छन् त कहिले सर्वोच्च अदालत पुग्छन् । संसदमा आएर टाउँका गने भैगो नि त ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com