२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

अनेसासको केन्द्रीय अध्यक्षमा पूजा र वरिष्ठ उपाध्यक्षमा वाग्ले निर्वाचित

अनेसासको केन्द्रीय अध्यक्षमा पूजा र वरिष्ठ उपाध्यक्षमा वाग्ले निर्वाचित

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन् ।

यही असार २५ गते भएको अनलाइन भोटिङ निर्वाचनबाट अध्यक्ष पदमा पूजाले ८०३ मत लिएर जित हासिल गरेका हुन् भने वरिष्ठ उपाध्यक्षमा वाग्लेले ५४० मत ल्याएर जित हासिल गरे ।

यसैगरी समाजको क्षेत्रीय उपाध्यक्ष (एसिया) मा डा। रेणु सोलु ५८७ मतका साथ विजयी भएकी छन् । महासचिवमा विमला निरौलाले ४६० मत ल्याएर जित हासिल गरेकी छन् ।

क्षेत्रीय उपाध्यक्ष (अमेरिका), क्षेत्रीय उपाध्यक्ष (युरोप), क्षेत्रीय उपाध्यक्ष (ओसिआनिया), सचिव, कोषाध्यक्ष र सदस्यहरु भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com