२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सन्दर्भ भानु जयन्ती : सडकमै हराउँदै छ आदिकविको शालिक

सन्दर्भ भानु जयन्ती : सडकमै हराउँदै छ आदिकविको शालिक

जनसेवा न्युज डटकम संवाददाता

चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ । मिल मर्चेन्ट एशोसिएशन नामक संस्थाले विसं २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो ।

तत्कालीन समयमा शालिकको अनावरण नाट्यसम्राट बालकृष्ण समले गर्नुभएको वरिष्ठ पत्रकार गोपाल गिरीले जानकारी दिए । उनले भानु स्मारकलाई विगतमा फलामे घेराबारा लगाउने र रङरोगनको कार्य भद्रपुर नगरपालिकाले गरेको बताए । सडकको स्तरोन्नतिसँगै बीच सडकमा बनाइएको शालिक हाल सडकभन्दा पनि तीन फिट गहिरो स्थानमा रहन पुगेको छ ।

भानु स्मारकको संरक्षण देवकोटा स्मृति भवनले गर्दै आएको भवनका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिनुभयो । “सडकको स्तरोन्नतिसँगै स्मारक पुरिदै गएको छ”, उनले भने, “तत्काल अग्लो स्मारक बनाएर त्यही शालिक राख्नुको विकल्प छैन । स्थानीय पालिकासँग कुरा भइरहेको छ ।”

उनले भानु स्मारक भद्रपुरको इतिहास भएकाले यसलाई अयन्त्र सार्ने वा यसको अस्तित्व मेट्ने काम गर्न र नगराउन सबैसँग आग्रह गरे । उनका अनुसार विगतदेखि नै भद्रपुर नगरपालिकाभरिका साहित्यानुरागी, बृद्धिजीवी र स्थानीयवासीले असार २९ गते भानुभक्तको जन्मजयन्तीको अवसर पारेर शालिकमा माल्यार्पण गर्ने, भानुभक्तको गुणगान गाउँदै कविता बाचन गर्दै आएको बताए ।

उहाँले चालु आर्थिक बर्ष २०७८÷७९ मै भानुको शालिकलाई अग्लो स्मारक बनाएर राख्नका लागि पहल सुरु गरेको बताए। उनले शालिक बनाउँदा सो सडकको नाम मेची राजमार्ग रहेको र सडकको आकार पनि सानो रहेको जानकारी दिए । “तत्कालीन समयमा सडकभन्दा अग्लो भानुको शालिकसहितको स्मारक बनाइएको थियो”, उनले भने।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भाषा, कला साथै साहित्यका धरोहरहरूको पुरानो इतिहासलाई मेटिन नदिने, त्यसको संरक्षण र संवद्र्धनमा नगरपालिकाले पहल गर्ने बताए । उनले दबिएको भानुको स्मारकलाई बजेट व्यवस्थापन गरेर अग्ल्याउने काममा पालिका लागिपर्ने जानकारी दिनुभयो । “सबैसँगै छलफल गरेर यसको व्यवस्थापन हुन्छ”, उनले भने ।

शालिकलाई बीच सडकमा भन्दा पनि उपयुक्त ठाउँको व्यवस्थापन गरेर स्थान्तरण गर्नु उपयुक्त हुने हुलाकी सडक डिभिजन कार्यालयका इञ्जीनियर प्रमोद खतिवडाको भनाइ छ । उनले बीच सडकमा भएको शालिकका कारण दुर्घटनामा धेरैले ज्यान गुमाइरहेको उदाहरण दिँदै उनले स्थानीय तहले अन्यत्रै व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।

“कुनै बेला सडकमा देशका महान् व्यक्तिहरूको शालिक बनाउने चलन थियो, सवारीसाधानको भीडभाड हुँदैन थियो”, उनले भने , “अहिले जनसङ्ख्याको वृद्धिसँगै सडकमा सवारीसाधनको वृद्धि भएको छ । सडकहरू फराकिला बनाइँदैछ तर पनि बीच सडकमा शालिकलाई राख्नुभन्दा निश्चित स्थानमा उद्यान बनाएर राख्दा राम्रो हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com