२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकट देखियो : जेलेन्स्की

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकट देखियो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तिएको टिप्पणी गरेका । रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा प्रमुख रणनीति ‘आर्थिक झट्का’ सिर्जना गर्नु रहेको जेलेन्स्कीको भनाइ छ ।

आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पुर्याएको उनले बताए । श्रीलंकाको संकटलाई संकेत गर्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन ।’

युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलब ६ अर्ब मानिस वित्त, खाद्य, वा ऊर्जा संकटमा छन् । आर्थिक संकटका कारण चलिरहेको विरोध प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे बुधबार देश छाडेर भागेका थिए ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ । मुद्रा सञ्चितिको अभावका कारण इन्धन आपूर्ति हुन सकेको छैन् । खाद्यान्न , औषधि जस्ता अत्यावश्यक वस्तुको आयात हुन नसक्दा सर्वसाधारण मानिस सरकारविरुद्ध क्रुद्ध बनेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com