२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई

वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ । बुधबार राति भएको तेस्रो एकदिवसीयमा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।

प्रोभिडेन्स स्टेडियममा वेस्ट इन्डिजले दिएको १०९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको गुमाएर पूरा गर्यो । बंगलादेशका लागि कप्तान तमिम ईकवालले अविजित रहदै ५० रनको अर्धशतकिय पारी खेले ।

६२ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै लिटन दास ३१ रनमा अविजित रहँदा नज्मुल सान्तोले २० रन बनाए । घरेलु टोली वेस्ट इन्डिजका लागि गुडाकेशा मोटाईले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३५ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि किमो पाउलले अविजित रहदै २५ रन बनाए । त्यस्तै साई होपले १८ रन बनाउँदा केली मेयर्सले १७ रनको योगदान गरे ।

बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । त्यस्तै नासुम अहमेदले ३ लिए । जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेश २–० ले अघि रहेको छ । पहिलो एकदिवसीय बंगलादेशले ६ विकेटले जितेको थियो ।

तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ । अन्तिम एकदिवसीयअघि नै बंगलादेशले सिरिज जिति सकेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com