२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गाडी र साडी व्यापारीसँग राजनीतिज्ञको साइनो जोडिँदा विज्ञान कमजोर भयो : भुसाल

गाडी र साडी व्यापारीसँग राजनीतिज्ञको साइनो जोडिँदा विज्ञान कमजोर भयो : भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको राष्ट्रिय पुँजीपति वर्ग वर्गका रूपमा नआएर गाडी र साडीकै व्यापारमा अल्झिएको बताएका छन् । त्यो वर्गले गाडी र साडीकै व्यापारमा फाइदा देख्ने र उनीहरूसँग राजनीतिज्ञको साइनो जोडिने अवस्थाले देशमा विज्ञानको अपेक्षाकृत विकास हुन नसकेको उनले बताए ।

अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘हामीकहाँ राष्ट्रिय पुँजीपति वर्ग, वर्गका रूपमा आएकै छैन । ८० प्रतिशत बैंकको ल्यान्डिङ करिबरकरिब ३०/३५ वटा व्यापारिक घरानाले व्यापारमा लगाउँछन्,’ उनले भने, ‘तिनले उत्पादन गरेर रोजगारी दिने बाटो सब छोडे । अथवा त्यो टिकाउन सकिएन वा टेकेनन् । गाडी र साडीको व्यापार गर्दाखेरी नै नाफा ठान्यो ।’

अनि त्यो गाडी र साडी व्यापार गर्ने व्यापारी वर्गसँग हाम्रो राजनीतिक नेतृत्वको लगनगाँठोले कसिएको उनले बताए । ‘जसले गर्दाखेरी यहाँको साइन्स, साइन्टिफिक कन्ससनेस सारा कुरा अवरुद्ध भयो,’ उनले भने ।

पुँजीपती र उत्पादनशील हुनुपर्ने त्यो वर्ग र राजनीतिज्ञले फराकिलो सोचमा ध्यान दिन छाडेर नेपालमा वैज्ञानिकहरू अड्याउने नसकिने भुसालले बताए ।

नेताहरूको गाडी र साडीको व्यापारी वर्गसँग साइनो जुट्दा तलका कार्यकर्तामा समेत विज्ञानको चेत मरेको उनको टिप्पणी छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com