२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

महिला युरो : बेल्जियमलाई पराजित गर्दै फ्रान्स समूह विजेता

महिला युरो : बेल्जियमलाई पराजित गर्दै फ्रान्स समूह विजेता

जनसेवा न्युज डटकम संवाददाता

बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अघिल्लो खेलमा इटालीलाई ५–१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो । खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन । बेल्जियमकी कायमानले ३६ औं मिनेटमा गोल गर्दा खेल १–१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछी फ्रान्स विजयी भयो ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ । बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले १–१ अन्तरको बराबरी खेले ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com