२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बागमतीमा डुबेर बेपत्ता युवकको शव ब्यारेजबाट निकालियो

बागमतीमा डुबेर बेपत्ता युवकको शव ब्यारेजबाट निकालियो

रौतहट । शुक्रबार साँझ रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको नुनथर स्थित बागमती नदीमा डुबेर एक जना बेपत्ता युवकको शव भेटिएको छ । शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका वडा नम्बर ५ बाट आफ्ना परिवारका सदस्यहरुसँग पिकनिक खान नुनथर आएका २० वर्षिय पारश यादव नदीमा डुबेर बेपत्ता भएका थिए।

शुक्रबार सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले राती अबेरसम्म खोजतलास गरे पनि फेला नपरेपछि स्थगित गरेर शनिबार बिहानदेखि खोजी कार्य सुरु गरेको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए। खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्कीरहेको अवस्थामा यादवको शव भेटिएको उनले बताए। शवलाई सुरक्षाकर्मीले डोरीको सहायताले निकालेको थिए ।

शुक्रबार आफ्ना बुबाआमा सहित पिकनिक खान आएका यादव अन्य दुई जना पौडी खेल्न साझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए। तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडीएर बाहिर निस्कन सफल भ‌एका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ‌।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com