२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

भन्सार छलेर ल्याएका १ करोडका मेडिकल उपकरणसहित ३ जना पक्राउ

भन्सार छलेर ल्याएका १ करोडका मेडिकल उपकरणसहित ३ जना पक्राउ

धनुषा । भारतबाट अवैध रूपमा भित्र्रयाइएका मेडिकल उपकरणसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले १ करोड मुल्य बराबरका ती उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

भन्सार छलेर ल्याइएका ती सामान जनकपुरधाम उपमहानगरपालिका– ९ को सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त सामानहरु भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले अवैध उपकरण ढुवानीमा प्रयोग भएको भारतीय नम्बर प्लेटको बि आर ०१ पि के ६६६६ नम्बरको स्कार्पियो गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको बताए । पक्राउ पर्नेमा भारतीय नागरिक विपिनकुमार सिंह, शङ्कर सिंह र सुरज सिंह रहेका छन् । उनीहरु चोरी पैठारीमा संलग्न रहेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com