२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थल मै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।

नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं जस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।

नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । न्युज कारखाना

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com