२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कर्णालीमा गठबन्धन दलहरु बीचको सहमतिमा प्रतिपक्षको आशंका !

कर्णालीमा गठबन्धन दलहरु बीचको सहमतिमा प्रतिपक्षको आशंका !

आइतबार सत्तारुढ तीन दलबीच भएको छलफलबाट निकालिएको निष्कर्षमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा बोल्दा प्रतिपक्षलाई समेत जोडेर बोलेका कुरामा आपत्ति जनाउँदै एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेको कुनै संलग्नता नभएको प्रष्ट पारे । सोमबार प्रदेशसभाको दशौं अधिवेशनको २६ औं बैठकमा उनले भने, ‘अवरुद्ध संसद खोल्ने कुरा सकारात्मक हो । यद्यपि प्रतिपक्षको सहमति अनुसार निकालिएको निष्कर्ष होइन ।’

साथै उनले गत मंगलबार सत्तारुढ दल माओवादीले संसद बहिष्कार गरेको भोलिपल्ट बसेको सर्वदलीय बैठकमा व्यक्तिका कुरा फरक देखिएपनि दलगत धारणमा धेरै भिन्नता नदेखिएको बताए । विश्वास गर्ने नगर्ने कुरा सत्ता घटकको कुरा हो,’ कँडेलले भने,‘माग प्रस्तोताको कुरा र सरकार प्रमुखको कुरा पनि सुनियो । तर के गर्ने कुरा हो रु आशंका जन्माउने कुरा देखियो ।’

उनले संसदमा पूर्व मुख्यमन्त्री र मुख्यमन्त्रीले बोलेको विषयलाई लिएर आशंका व्यक्त गरे । साथै कँडेलले संसदभित्रका विचाराधीन कुरालाई लिएर सडकको विषय बनाउनु प्रचलनमा राम्रो नभएको टिप्पणी गरे । जसले संसद र समितिका काम कारबाहीलाई कत्तिको प्रभावित पार्छ त्यो पछिको कुरा हो,’ उनले भने । कँडेलले प्रतिपक्षको संलग्नता नभएर निकालिएको निष्कर्षले सदन र समितिका काम कारबाहीलाई कति प्रभाव पार्छ त्यसबारेमा प्रतिपक्षले पछि धारणा बनाउने समेत प्रष्ट पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com