२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नागरिकलाई फोहोर दिएबापत पैसा दिने गरेर योजना बनाउँदैछु : मन्त्री चौधरी

नागरिकलाई फोहोर दिएबापत पैसा दिने गरेर योजना बनाउँदैछु : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका छन् ।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए । उनले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए ।

उनले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए । उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

उनले सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए ।

उनले भने, बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ । बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ । उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ । विद्यार्थीहरुमा पनि यसको असर परेको छ । आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ । यसको ठाउँमा अर्को मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजि गरौँ । यस्ता बञ्चरे डाँडा देशभर खोज्ने होइन, देशभर बत्ती, मल बनाउने, निकाल्ने हो । आज हामी एउटा घरले ४ सय रुपैयाँ तिर्छ भने त्यो श्रोतबाटपत जनतालाई पैसा दिने गरेर प्रोजेक्ट निर्माण गर्नुहोस् भनेको छु ।’

उनले फेरि भने, ‘सिसडोल, बञ्चरे डाँडा देशभर बनाउने कुरा बन्द गरौँ । छोटो अवधिमै भएपनि ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा हामी छिराउँछौँ । आज सिसडोलका साथीहरुले यो पूरा नगरे भदौ १ गतेदेखि फोहोरका गाडी छिनै दिन्नौँ भनेर च्यालेन्ज दिनुभएको छ ।’

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि शहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको बताए । उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताए ।

मन्त्री चौधरीले मन्त्रालयको समग्र प्रगति ७०।१४ रहेकोमा असार महिनामा मात्रै २६।८ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरे । उनले असार महिनाको प्रगतिले शहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गरे ।

उनेल भने, ‘गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको छ । मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । यसबाट अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको छ ।’

मन्त्री चौधरीले जाने बेला रुने हास्ने भन्ने प्रश्नको धेरै ठाउँमा सोधिएको भन्दै रुने नभइ मुलुकलाई नै हसाएर जाने बताए । अगामी सय दिनभित्र काठमाडौं उपत्यकामा १०० कि।मि। सम्मको माइक्रो रेल अर्थात स्ट्रिङ (तार) प्रविधिमा निर्धारित कम्प्युटर नियन्त्रित यातायातको सम्भाव्यताको अध्ययन गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com