२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

भारतमा एकैदिन १८ हजार बढीमा कोरोना सङ्क्रमण

भारतमा एकैदिन १८ हजार बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ । हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन् ।

सोही अवधिमा २० हजार सात ४२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com