२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एसईई नतिजामा चित्त नबुझे निवेदन दिन सकिने

एसईई नतिजामा चित्त नबुझे निवेदन दिन सकिने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्ताङ्क (ग्रेड) मा चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

२०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरिएको छ । प्रतिविषय ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com