२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गोरखाका तीन जनालाई आफ्नो उत्तराधिकारी बनाउने बाबुरामको चाहना

गोरखाका तीन जनालाई आफ्नो उत्तराधिकारी बनाउने बाबुरामको चाहना

जनसेवा न्युज डटकम संवाददाता

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा जन्मिएका तीन जनालाई निर्वाचित गरेर आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन्।

स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पने चाहना भट्टराईको छ।

गोरखा बुंकोटका वाग्ले अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

गोरखा हरमटारीका श्रेष्ठले वातावरण विज्ञानमा विद्यावारिधि गरेका हुन् भने पालुङटारका देवकोटाले बूढीगण्डकी विकास समितिका अध्यक्ष भएर काम गरेका थिए।

‘गोरखामा जन्मेर विश्वनागरिक बनेका प्रतिभाशाली बौद्धिकहरू स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ, लक्ष्मी देवकोटा लगायतलाई गोरखाबाट निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पन पाए र केही दशक देशको नेतृत्वमा पुर्‍याउन पाए कस्तो हुँदो हो भन्ने मनको लड्डु म पनि खाने गर्छु,’ उनले आज ट्वीट गर्दै भनेका छन्, ‘यो निर्वाचन प्रणालीले के देला र ?

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com