२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्र बैंकले आज १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

राष्ट्र बैंकले आज १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

जनसेवा न्युज डटकम संवाददाता

नेपाल राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालू आर्थिक वर्षको दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ ।
ट्रेजरी बिलको बिक्री भने भोलि मंगलबार (साउन १७ गते) हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ । यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको थियो । यसपटक पनि सोही ब्याजदरमा ट्रेजरी बिलको माग हुने देखिएको छ ।

यता राष्ट्र बैंकले नै १४ प्रतिशतले ऋण उठाउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकिङ ब्याजदर वृद्धि गर्ने दबाब परेको छ । हाल निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर अफर गरिरहेका छन् । यद्यपि, भदौ महिनादेखि यो ब्याजदर थप बढ्ने देखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com