२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मधेस प्रदेश सरकारद्वारा निर्देशनालय खारेज

मधेस प्रदेश सरकारद्वारा निर्देशनालय खारेज

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

यस्तै बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको जनकपुरधाम तथा पर्साको वीरगञ्जमा एकरएकवटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री साहले बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन विकास कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com