२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

रुससँग नयाँ हतियार नियन्त्रणबारे वार्ता गर्न बाइडन तयार

रुससँग नयाँ हतियार नियन्त्रणबारे वार्ता गर्न बाइडन तयार

वाशिङ्गटन अमेरिको । अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचाबारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् । आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ । तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ, बाइडनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।

रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छु उनले भने । उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका छन् । चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र पी–५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ । हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन, राष्ट्रपति बाइडनले भने। (एएनआई–स्पुतनिक)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com