२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

इक्वेडरको जेलमा हिंसा भड्कियो, १३ जनाको मृत्यु

इक्वेडरको जेलमा हिंसा भड्कियो, १३ जनाको मृत्यु

एजेन्सी : क्विटो इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेव्रुवरीदेखि गोली चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।

गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com