२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ बेपत्ता

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ बेपत्ता

म्याग्दी । यहाँको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (आइतबार) बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन्।

घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्। घमबहादुर, उनका श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।स्थानीय बेपत्ताको खोजी गरिरहेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए। घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com