२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

उपाधि जितेसँगै किरण चेम्जोङले प्रेमिकासँग राखे विवाहको प्रस्ताव

उपाधि जितेसँगै किरण चेम्जोङले प्रेमिकासँग राखे विवाहको प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् । माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिका कन्चन निरौलासँग विवाहको प्रस्ताव राखेका हुन् ।

लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले टोली उपाधि उचालेर खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रस्ताव राखेका थिए । उनले आफ्नो सामाजिक संजालमार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन् । किरण र प्रेमिका कन्चन लामो समयदेखि प्रेममा थिए । कन्चन विमान परिचारिका हुन् ।

किरणले आफ्नो टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com