२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

काँग्रेसले मति परिवर्तन गरेको छैन : ओली

काँग्रेसले मति परिवर्तन गरेको छैन : ओली

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म काँग्रेसको मति परिवर्तन नभएको बताएका छन् । २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई काँग्रेसले हत्या गरेको भन्दै विरोध गरेका हुन् ।

आजपनि एउटा देशभक्त,शान्तिपुर्ण रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने, ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन । ’

जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस नेतृत्वको सरकारले गरेको ओलीको भनाइ छ । उनले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा थुप्रैमध्ये भिमदत्त पन्तलगायतका सहिदलाई सहिदको सम्मान दिने निर्णय गराएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com