२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी बापतको मुद्दा जित्यो

बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी बापतको मुद्दा जित्यो

जनसेवा न्युज डटकम संवाददाता

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानत सम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ बापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com