२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

रुस–युक्रेन सम्झौता अन्तर्गत २६ हजार टन अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

रुस–युक्रेन सम्झौता अन्तर्गत २६ हजार टन अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

एजेन्सी – रुससँग भएको महत्वपूर्ण सम्झौता अन्तर्गत युक्रेनबाट अन्न बोकेको पहिलो जहाज निस्किएको छ । टर्की र युक्रेनी अधिकारीहरूका अनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाजले यात्रा सुरु गरेको थियो । रुसले फेब्रुअरीदेखि युक्रेनी बन्दरगाहहरू अवरुद्ध गर्दै आएको थियो । तर दुवै पक्षले केही दिनअघि ढुवानी पुनः सुरु गर्ने सम्झौता गरे ।

यो सम्झौताले विश्वव्यापी खाद्य संकटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ । टर्कीका अनुसार सिएरा लियोनको झण्डा रहेको ‘रजोनी’ नामक जहाज लेबनानको त्रिपोली बन्दरगाहमा रोकिएको र आगामी हप्ता थप ढुवानी गरिने योजना रहेको बताए ।

सम्झौता अनुरुप इस्तानबुलमा स्थापना गरिएको संयुक्त समन्वय केन्द्रले जहाजले करिब २६,००० टन मकै बोकेको बताएको छ। गत महिना संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थता दुई देशबीच महत्वपूर्ण सम्झौतामा पुगेका थिए । यस सम्झौतामा पुग्न दुई महिनासम्म वार्ता चलेको थियो र यो १२० दिन लागु हुनेछ ।

दुवै पक्ष सहमत भएमा सम्झौता नवीकरण गर्न सकिन्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जहाज युक्रेनी बन्दरगाहबाट प्रस्थान गरेको घटनालाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गरेका छन् ।
युक्रेनको अन्नको नाकाबन्दीले गहुँमा आधारित उत्पादनहरू महँगो हुँदै गएको थियो । साथमा खाना पकाउने तेल र मलको मूल्यमा वृद्धिसँगै विश्वव्यापी खाद्य संकट उत्पन्न हुने स्थिति आएको छ ।
रुस र युक्रेनले संयुक्त रूपमा विश्वव्यापी गहुँ आपूर्तिको लगभग एक तिहाइ उत्पादन गर्दछ। सन् २०१९ मा युक्रेनी आपूर्तिले विश्वको मकै आपूर्तिको १६ प्रतिशत र सूर्यमुखी तेलको आपूर्तिको ४२ प्रतिशत हिस्सा ओगट्ने गरेको संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार बताउँछ ।

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले ढुवानीलाई ‘विश्वका लागि राहत’को संज्ञा दिए । साथै उनले मस्कोलाई ‘सम्झौता अन्तरगत उसले पालना गर्नुपर्ने पाटो’को सम्मान गर्न आग्रह गरे । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा युक्रेनी बन्दरगाहबाट जहाज प्रस्थान हुनु ‘एकदम सकारात्मक’ घटना भएको बताए ।

अन्तर्राष्ट्रिय नेताहरूले ढुवानीलाई सावधानीपूर्वक स्वागत गरेका छन् । बेलायतका विदेश मन्त्री लिज ट्रसले यसलाई ‘एक महत्त्वपूर्ण पहिलो कदम’को संज्ञा दिएका छन् । तर ईयूका प्रवक्ता पिटर स्टानोले भने कि रूसले विश्वभर युक्रेनी निर्यात पुनः सुचारु गर्न सघाउनुपर्ने कुरामा जोड दिइन् ।

बीबीसी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com