२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘हिँड्दा हिँड्दै’

फष्टलुक्समा यस्तो देखियो फिल्म ‘हिँड्दा हिँड्दै’

जनसेवा न्युृज डटकम संवाददाता

फिल्म ‘हिँड्दा हिँड्दै’ २० माघबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुकको रुपमा केही पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सार्वजनिक फष्टलुक पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको रोमान्टिक अवतार समेटिएको छ । फिल्मले प्रेमकथा बोल्ने पोस्टरमा झल्काउन खोजिएको छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गको अभिनय छ ।

राजकुमार थिङ निर्माता रहेको फिल्मको सह–निर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह हुन् । फिल्मको कथा सुशील पंगेनी कोरेका हुन् । कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन रहेको फिल्म ‘आरआर फिल्मस्’ ले वितरण गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com