२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

वैद्य र बास्तोलासहित ६ दलद्वारा पक्राउ पुर्जीको विरोध

वैद्य र बास्तोलासहित ६ दलद्वारा पक्राउ पुर्जीको विरोध

जनसेवा न्युज डटकम संवाददाता

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले सरकारको कदमप्रति ध्यानाकषर्ण भएको समेत जनाएका छन् । ती दलले सरकारले तीन बुँदे सहमति कार्यन्वयन गरी बन्दी रिहा र मुद्दा फिर्ता गर्नु समेत आग्रह गरेका छन् । सरकार सहमति कार्यन्वयन गर्न उदासिन भएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । गत साउन १६ गते ललितपुर जिल्ला अदालतले तत्कालिन नेकपा शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com