२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

अब माओवादी केन्द्र पहिलो कम्युनिष्ट शक्ति बन्छः अध्यक्ष पञ्च सिंह

अब माओवादी केन्द्र पहिलो कम्युनिष्ट शक्ति बन्छः अध्यक्ष पञ्च सिंह

काठमाडौं । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी ९केन्द्र०को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन् ।

मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो ।

तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी) ले सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमति प्रदेश र मधेश प्रदेकका भेला र कार्यक्रमहरु साउनमहिना भित्र सम्पन्न हुने अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com