२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

काभ्रेमा बाँदर र बँदेलले हैरान बनायो : गोकुल बास्कोटा

काभ्रेमा बाँदर र बँदेलले हैरान बनायो : गोकुल बास्कोटा

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेमा बाँदर र बँदेलले किसानलाई हैरान बनाएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले दशौं हजार रोपनीमा लगाएको अन्नबाली बाँदर र बँदेलले नोक्सान गरेको बताए ।

त्यसको रोकथामको लागि सरकारले कुनै काम नगरेको बताए । उनले भने– ‘स्थानीय पालिकामा भन्यो बजेट आएको छैन भन्छन्, प्रदेशमा भन्यो संघले बजेट दिँदैन, संघमा कुरा गर्यो विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिँदैन । किसानलाई पेन्सन दिन्छु भनेर सरकारले घोषणा गरेको पनि डेढ महिना बित्यो । अब तिनले के पाउँछन् रु’

उनले त्यो ठाउँमा बाँदर र बँदेलबाट जोगाउने अरु कुनै उपाय नभएको उनले बताए । उनले संघीयताले जनताले केही फेला नपारेको बताए । जनताले प्रदेश सरकार फेला नपारेको र स्थानीय तहमा कर्मचारी नभएर काम नहुने उनले बताए । पुलिसलाई भन्दा आठ–नौ सय सांसदलाई सलामी गर्दैमा बित्ने र जनता असुरक्षित रहेको उल्लेख गरे ।

उनले भने– ‘यहाँ मैले सुन्न त सुनेँ, संघीयताको बारेमा प्रश्न गरे कान झिकिदिन्छु, आँखा फुटाइदिन्छु भन्ने जस्ता कुरा पनि । हरेक व्यवस्थाहरु के का लागि बन्छन् भन्दा जनतालाई राहत सहुलियत दिन, मुलुकलाई सुशासन दिन, देशको आर्थिक सामाजिक प्रगति गर्न गरिन्छ । कसैले पनि समावेशीताको विरोध गरेको छैन् । तर आन्दोलनमा पनि नउठेको, आन्दोलनकारी जनताको मागपनि नभएको, ल्याउनेलाई थाहा पनि नभएको, अहिले जनताले यो खालको हबिगत भोग्नुपरेको छ ।’

उनले दशैंमा घर जान वीपी हाइवेमा जनताले कष्ट पाउने गरेको बताउँदै उनीहरु गाडीमा चढ्ने र झर्ने बस स्टपहरुको व्यवस्था गर्न माग गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com