२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अहिलेको सरकार ‘अलच्छिन’ सरकार : ओली

अहिलेको सरकार ‘अलच्छिन’ सरकार : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गरेका छन् । आइतबार एमालेनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा परमादेशबाट आएको सरकारले जे छोयो त्यहिँ खरानी भइरहेको बताउदै अध्यक्ष ओलीले वर्तमान सरकार अलच्छिन सरकार भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘अलच्छिन सरकार । देशको लच्छिनै गयो । अलच्छिनै पस्यो देशमा । हिजो जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो, आज जहाँ छोयो खरानी ।’

आगामी यहिँ सरकारले देश चलाउन पाए देश कस्तो हुन्छ भन्दै उनले प्रश्न पनि गरे । देशलाई बर्बाद हुनबाट बचाउनका लागि एमालेले जनतालाई सही कुरा सम्झाउनुपर्ने पनि उनले बताए ।

यस्तै, अध्यक्ष ओलीले वर्तमान सरकारकै हातमा आगामी दिनमा देश पुग्यो भने केही घराना र आफन्त सप्रिने र बाँकी जनताको अवस्था उस्तै हुने पनि ओलीको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com