२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

डेढ किलो चरेससहित एक प्रहरी जवान पक्राउ

डेढ किलो चरेससहित एक प्रहरी जवान पक्राउ

कैलाली । सशस्त्र प्रहरी जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वन बेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेशप्रसाद जोशीलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ स्थित होटेल सिटिबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको बताए ।

पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको डिएसपी जोशीले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com