२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

सेयर बजार ४५ अंकले घट्यो, कारोबार रकम २.८१ अर्ब

सेयर बजार ४५ अंकले घट्यो, कारोबार रकम २.८१ अर्ब

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवारको कारोबारमा पनि गिरावट आएको छ । आज सेयर बजार परिसूचक ४५.४२ अंकले घटेको हो।

साताको पहिलो कारोबारमा १० अंकले बढेको बजार सोमबार १८ तथा मंगलवार ४५ अंकले घटेको छ। मंगलवार २.१६ प्रतिशतले बजार घट्दा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ९.६८ ले घटेर ३९६.४२ अंकमा कायम रहेको छ। ४५ अंक घट्दा समग्र बजार परिसूचक २०६०.७३ मा झरेको छ।

आज २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ६६ लाख ४६ हजार ३६ कित्ता सेयर ४६ हजार २ सय ८९ पटकमा खरिद बिक्री भएको छ।

बजार घट्दा मंगलवार १३ ओटै उप(समूहको सेयर मूल्य घटेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com