२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

काठमाडौं । चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको उनले बताए ।

चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको उनले जिकिर गरे । गत बुधबारदेखि चीनले दुई देशबीचको सीमा नाघेर १ सय २० भन्दा बढी लडाकु विमान पठाएको ताइवानी अधिकारीको आरोप छ।

चीनको जवाफमा ताइवानले लडाकु विमान र सामुद्रीक पोतहरु परिचालन गरेको छ । यसका साथै हिजै चिनियाँ सैनिकका २१ जेट सीमा रेखा मिचेर ताइवानी जल क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन ताइवानविरुद्ध क्रुद्ध बनेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com