२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विप्लवसहित चार पार्टीले गरे नेपाल बन्दको घोषणा

विप्लवसहित चार पार्टीले गरे नेपाल बन्दको घोषणा

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेका छन । आज बसेको चार कम्युनिस्ट पार्टीको बैठकले नेपाल बन्दसहितका आन्दोलनको घोषणा गरेका हुन् ।

बैठकले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेका हुन् । ‘चार क्रान्तिकारी कम्युनिस्ट पार्टी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एम।सी।सी।संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव क विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्व संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्पष्टै छ ।’ बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तर यो दलाल सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रिया विहीन भएर बसिरहेको छ ।’

‘राज्यको यो रवैयाको हामी कडा रुपले निन्दा गर्दछौं र यथासिघ्र एम.सि सि. र एस.पि.पि.। पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दी कमरेडहरुको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ।

राज्य आतङ्क राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसंग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प नभएको चार पार्टीको निश्कर्ष छ ।

संघर्षका कार्यक्रम अनुसार भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा,काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द गर्ने जनाइएको छ ।
चार पार्टीमा विप्लव नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी ‘शुसिल’को नेकपा माओवादी समाजवादी कम्युनिस्ट पार्टी रहेका छन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com