२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रदेश भेलामा जुट्यो नेसपा

प्रदेश भेलामा जुट्यो नेसपा

जनसेवा न्युज डटकम संवाददाता

हालै गठन भएको नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिने भएको छ । सो पार्टीले मंगलबार सुदुरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार बिहान १० बजे कार्यक्रम सुरु हुने प्रदेश इन्चार्ज डा जनक शाहले जानकारी दिए । धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित होटल विकासको सभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तरगत राजनीतिक कार्यक्षेत्र भएका वैकल्पिक विचारधारा बोक्ने सम्पुर्ण नेताकार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुलाई प्रवेश दिइने छ ।

नेसपाले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको भेटवार्तामा यस विषयमा समझदारी भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com