२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

जनसेवा न्युज डटकम संवाददाता

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ ।

विहान ११ बजे राष्ट्रिय सभागृहमा भेला उद्घाटन हुने को वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापन सत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ ।

भेलाले विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com