२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

देव गुरुङ बने माओवादी केन्द्रका महासचिव

देव गुरुङ बने माओवादी केन्द्रका महासचिव

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले २० जना पदाधिकारी चयन गरेको छ।

काठमाडौंको पेरिशडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारी प्रस्‍ताव गरेका थिए। सो प्रस्ताव पारित भएको एक नेताले जानकारी दिए।

माओवादी केन्द्रको महासचिवमा देव गुरूङ चयन भएका छन्।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन्।

यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ।

दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिव चयन भएका छन्। कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ।

यो बैठकले पारित गरेको निर्णय केन्द्रीय समितिको बैठकले पारित गर्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com