२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

वाईसीएलमा ६१ पदाधिकारी, महासचिव बने गणेश शाही

वाईसीएलमा ६१ पदाधिकारी, महासचिव बने गणेश शाही

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलको महासचिवमा गणेश शाही चयन भएका छन् ।

काठमाडौंमा सोमबार भएको भेलाले सुवोध शेर्पाइलीको नेतृत्वमा ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । ६१ जना पदाधिकारी चयन भएका छन् ।

संयोजक सुमन देवकोटाले उम्मेर हदका कारण वाईसीएलबाट विदा लिनुपर्ने भेला गरिएको थियो, जसमा सहसंयोजक सुवोध शेर्पाइलीलाई अध्यक्ष बनाउने पक्का जस्तै थियो । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।
महासचिवमा शाहीसँगै ज्ञानबहादुर गुरुङ ‘कसम’ र मिङ्मा डन्डु शेर्पा पनि दावेदार थिए । तर शाहीलाई महासचिव बनाइएको छ ।

विधानमा १९९ सदस्यीय केन्द्रीय कमिटी र २३ सचिवसहित ३५ पदाधिकारी हुने व्यवस्था थियो । तर आकांक्षीहरुको व्यवस्थाका लागि केन्द्रीय समिति र पदाधिकारी दुबै जम्बो बनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com