२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पीएसजीको फराकिलो जित : एम्बाप्पेको ह्यट्रिक, नेयमारको दुई गोल

पीएसजीको फराकिलो जित : एम्बाप्पेको ह्यट्रिक, नेयमारको दुई गोल

काठमाडौँ । युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । आइतबार राति पिएसजीले लिललाई ७-१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे ।

यस्तै, लियोनल मेस्सी र आचराफ हाकिमीले एक एक थपे । लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पिएसजीले पहिलो मिनेटमै गोल गरेको थियो । एम्बाप्पेले एक मिनेट हुन नपाउदै सुरुवाती अग्रता दिलाएका थिए । पिएसजीले पहिलो हाफमा चार गोल गरेको थियो ।

लगातार तेस्रो जितसंगै पिएसजीले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com