२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एकैदिन ३२०९ जना सवारी चालक ट्राफिक कारबाहीमा

एकैदिन ३२०९ जना सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन् ।

यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्बर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारबाही गरिएको छ ।

बाँकी २ हजार ७४६ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com