२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

कैलालीका दुई ठाउँमा बमजस्तै शंकास्पद वस्तु

कैलालीका दुई ठाउँमा बमजस्तै शंकास्पद वस्तु

कैलाली । जिल्लाका दुई ठाउँमा बिहानै शंकास्पद वस्तु (कुकर बम र बमजस्तै वस्तु) फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । उक्त शङ्कास्पद वस्तु त्यही समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा कपडामा बेरिएको शंकास्पद वस्तु भेटिएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै कुकर बमजस्तो शङ्कास्पद वस्तु फेला भेटिएको छ ।

शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा सवारी आगागमन प्रभावित भएको छ । उक्त वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

बन्दका कारण कैलाली तथा सुदूरपश्चिमका अन्य जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । साथै स्कुल तथा कलेजहरु पनि बन्द छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com