हेटौंडामा बन्दको प्रभाव ; पसल र स्कुल-कलेज खुलेनन्, यातायात ठप्प

हेटौंडामा बन्दको प्रभाव ; पसल र स्कुल-कलेज खुलेनन्, यातायात ठप्प
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीसहित संयुक्त सर्घष समितिले आह्वान गरेको बन्दको हेटौंडामा प्रभाव परेको छ । हिजो साँझ हेटौडाको लोकप्रिय चोकदेखि मउबासंघ चोकसम्म राके जुलु निकालेर बन्दको आह्वान गरेपछि आज बिहानैबाट पसलहरू खुलेका छैनन् । क्याम्पसका बसहरू पनि बन्द छन् ।
बन्दको कारण हेटौंडा बजार सुनसान छ । केही दिनअघि सरकारले नेकपाका नेकपा महासचिव विप्लवसहित २५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । संघर्ष समितिले तत्काल पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई अल्टिमेटम दिँदै मंगलबार नेपाल बन्दको घोषणा गरेको हो ।
बन्दको विकल्प खोज्न व्यवसायीहरूले माग गरेका छन् । प्रहरी परिचालन गरेरै भए पनि पसलहरू खुलाउने आन्तरिक तयारी छ ।