२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसीप असोजमा

माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसीप असोजमा

काठमाडौँ । तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसीप असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिता पोखरामा आयोजना गर्ने जनाएको हो । सोही च्याम्पियनसीपकै क्रममा माउन्ट एभरेष्ट जीसीएस इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसीप समेत आयोजना हुने आयोजकले जनाएको छ ।

च्याम्पियनसीपमा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य तथा विश्व तेक्वान्दो महासंघका अध्यक्ष सहित पदाधिकारीहरु गरी २ हजार जनाको उपस्थित रह्ने समेत आयोजकले जनाएको छ ।

च्याम्पियनसीप आयोजनामा करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com