२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’

सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’

जनसेवा न्युज डटकम संवाददाता

‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।

उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा मोनालिसा पराजुली फोर्थ रनरअप, सेफिना जोशी थर्ड रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, विपना फस्ट रनरअप घोषित भए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com